Sunday, June 28News That Matters

उदयपुरमा राम्रो छवि बनाएका एसपी मगर सुर्खेत सरूवा

पूर्णपुष्टि, असार, ३

उदयपुरमा कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न सफल प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगर कर्णाली प्रदेश सशस्त्र प्रहरी गण (सुर्खेत) सरुवा हुनुभएको छ । लागूऔषध, चोरी, अपराधजन्य घटना नियन्त्रण तथा फरार अपराधीहरु पक्राउ गर्न सफल एसपी मगर १३ महिनाको कार्यकाल पछि मगर उदयपुरबाट सुर्खेत सरुवा हुनुभएको हो ।

जिल्लामा रहेर नागरिकको शान्ति सुरक्षा, अमन चयन कायम गर्न र विशेषगरी कोरोना भाइरसको संक्रमण नियन्त्रण, लकडाउनको पालनामा योगदान रहेको एसपी मगरले जिल्लामा सच्चा र इमान्दार प्रहरीको छाप छोड्न सफल भएको भन्दै विभिन्न संघसंस्था र व्यक्तिहरुले बिदाइ गरिरहेका छन् । पूणर्पुष्टि मिडियाले पनि आज कदरपत्रसहित आज एसपी मगरलाई बिदाई गरेको छ ।

नागरिकलाई लकडाउनबारे सूसुचित गराउने, कोरोनाप्रति सतर्क गराउन प्रभावकारी भूमिका खेलेको भन्दै नागरिकतहबाट उच्च कदर भएको छ ।  १ नं प्रदेशमै पहिलोपटक र सुरुमा नेपालकै ठुलो संख्यामा कोरोना संक्रमण फेला परेको उदयपुरको भूल्केमा उहाँले कोरोना संक्रमण नियन्त्रणमा अग्रपंतीमा रहेर काम गर्नुभएको थियो । उदयपुरकाे काेराेना नियन्त्रणमा उहाँकाे ठूलाे याेगदान देखिएकाे छ -समाजसेवी भरत राइले भन्नुभयाे ।

सञ्चारमैत्री रहेका एसपी मगरले विदाइको क्रममा स्वार्थ, लोभलालच र दबाबमा रहेर काम नगर्दा मात्र पनि नागरिकहरु खुसी पाएको अनुभूती सुनाउनु भयो । उहाँले निस्वार्थ भावनामा रहेर काम गरेमा जनताहरुलाई सुरक्षाको महसुस गराउन सकिने बताउनुभयो ।

समस्या र अन्यायमा परेका पिडितहरुलाई निष्पक्ष न्यायको निम्ति प्रहरीले निश्वार्थ भावनाका साथ काम गरे नागरिकहरुले प्रहरीको कामलाई मुल्याङकन गर्ने बताउनुभयो ।