Sunday, June 28News That Matters

मलेसियामा रहेका सवै नेपाली कोरोना मुक्त

पूर्णपुष्टि, असार ३ गते । 

मलेसियामा रहेका सवै नेपालीले कोरोनालाई जितेको छ । मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा कोरोना संक्रमण देखिएकोमा उपचारपछि उनीहरु सवै निको भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

पछिल्लो २ हप्तामा कसैमा नयाँ संक्रमण नदेखिएको र संक्रमितहरु पूर्ण रुपमा निको भएको जनाईएको छ ।

खाडीका देशको तुलनामा मलेसियामा कोरोनाबाट कम संख्यामा मात्रै नेपाली संक्रमित भएको छ । नेपालीको श्रम गन्तव्य देश यूएई, साउदी, कतार लगायतका देशमा केही नेपालीको कोरोनाको कारण मृत्यु समेत भएको थियो ।

मलेसियामा अहिलेसम्म ८ हजार ५ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ७ हजार ७ सय ३३ जना उचपारपछि निको भइसकेका छन् । कोरोनाबाट मलेसियामा १ सय २१ जनाको मृत्यु भएको छ । ६ सय ५१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

मलेसियामा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि गएको मे ४ देखि नै लकडाउन खुकुलो बनाइएको थियो ।