Friday, June 19News That Matters

अर्जेन्टिनी फरवार्ड कास्टेलानोसको ४ गोलमा जिरोनाले रियललाई हरायो

पूणपुष्टि, बैशाख १३ । स्पेनिस ला लिगमा अर्जेन्टिनी फरवार्ड कास्टेलानोसको सानदार प्रदर्शनमा जिरोनाले रियल म्याड्रिडमाथि सानदार जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा भ्यालेन्टिन कास्टेलानोसले चार गोल गरेपछि जिरोनाले देस्रो स्थानको रियललाई ४–२ गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलको १२ औं र २४ औं मिनेटमा गोल गर्दै कास्टेलानोसले जिरोनालाई दुई गोलको आग्रता दिलाएका थिए भने खेलको ३४औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसपछि खेलको ४६ औं मिनेटमा गोल गर्दै उनले रियलविरुद्ध ह्याट्रिक पुरा गर्दै ३–१ को अग्रता बनाए भने ६२ मिनेटमा ब्यक्तिगत चौथो गोल गरे । लुकास भजक्वेजले खेलको ८५ औं मिनेटमा गोल गरेपनि रियलका लागी हार टार्न पुगेन । न्युयोर्क सिटीबाट लोनमा आएका २४ वर्षीय कास्टेलानोस रियलविरुद्ध ला लिगामा ४ गोल गर्दे ७५ वर्षयता पहिलो खेलाडी समेत बनेका छन् ।

दोस्रो स्थानको रियल पराजित हुँदा लिग लिडर बार्सिलोनालाई उपाधि यात्रामा फाइदा पुगेको छ । हारसँगै रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ११ अंकले पछि छ । एक खेल कम खेलेको बार्सिलोनाले ३० खेलबाट ७६ अंक जोडेको छ भने दोस्रो स्थानको रियलले ३१ खेलबाट ६५ अंक जोडेको छ । त्यस्तै रियललाई हराएको जिरोना ४१ अंक जोड्दै नवौं स्थानमा छ। बार्सिलोनाले बिहीबार रायो भालेकानोसँग खेल्दैछ । बार्सिलोनाले रायो भालेकानोलाई पराजित गरेमा दोस्रो स्थानको रियलमाथि १४ अंकको लिनेछ ।