
पूर्णपुष्टि, फागुन २१ गते ।
अर्थ मन्त्री युवराज खतिवडाले सपथ तथा पदभार ग्रहण गरेकोे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार बिहान अर्थ मन्त्रीमा नियुक्त गरेको होे ।
दिउँसो ४ बजे राष्ट्रपति निवासमा राष्ट्रपति भण्डारीबाट खतिवडाले पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्रालय पुगेर कार्यभार सम्हालेको थियो ।
राष्ट्रिय सभा सदस्य रहनु भएका खतिवडाको कार्यकाल मङ्गलबार सकिएपछि उहाँँले मङ्गलबार नै अर्थ मन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो । तर प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
सघीय सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।
