Friday, May 22News That Matters

अवैध सखुवाको काठसहित अटो पक्राउ

उदयपुर, भदौ २४

उदयपुरको कटारीबाट अवैध सखुवाको काठसहित अटो पक्राउ परेको छ । कटारी नगरपालिका–४ को कान्छि बजारबाट अवैध सखुवाको काठसहति अटो पक्राउ परेको हो ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटेका विशेष प्रहरी टोलीले स १ ह १६७८ नम्बरको अटो चेक जाँच गर्दा सखुवाको काठ करिब ११.५ क्यूफिट बरामद गरको प्रहरीले जनाएको छ । झ्याल ढोकाको चौकस तयार गरेको काठसहित पक्राउ परेको अटोलाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय त्रिवेणी पठाएको प्रहरीले जनाएको छ ।