Friday, May 22News That Matters

अफगानिस्तानको उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट

पूर्णपुष्टि, भदौ २४

अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएकोे छ ।
उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरेर गराएको बम विस्फोटमा सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर सेवा प्रमुखलाई सामान्य चोट लागेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

मृत्यु हुने र घाइते हुनेहरुमा उपराष्ट्रपति सालेहका अङ्गरक्षकहरु पनि रहेका जनाईएको छ । अफगानिस्तानका अधिकारी र तालिबानले पहिलो औपचारिक वार्ता सुरु गर्न तयारी गरिरहेको बेला बम विस्फोट भएको हो ।

सालेह तालिबानका मुख्य विरोधीको रूपमा चिनिनुहुन्छ । तर तालिबानले भने आफूले बम विस्फोट नगराएको दाबी गरेको छ । बम विस्फोटपछि उपराष्ट्रपति सलेहले आफ्नो एउटा हात सामान्य जलेको र आफूलाई लक्षित गरी आक्रमण भए पनि राजनीतिक यात्रा नरोकिने बताउनुभएको छ ।

अफगानिस्तानका अधिकारीहरुले राजनीतिक सहमतिसम्म पुग्नका लागि कतारको दोहामा हुन लागेको वार्ता सुरु हुने र रक्तपातको अन्त्य हुने विश्वास लिएका छन् ।