झापा, भदौ १५ गते ।
झापाको मेचीनगरबाट राती प्रहरीले अवैध सामान बरामद गरेको छ । मेची नगरपालिका – ६ बाट राती ३ बजे करिब २ लाख ५२ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटेका प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको मोटर पार्टस, हार्डवेयरको सामान तथा विभिन्न प्रकारको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद भएका सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मेची बुझाईएको प्रहरीले जनाएको छ ।
