
भोजपुर, भदौ १५ गते ।
भोजपुरको साल्पासिलिचोमा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ । साल्पासिलिचो गाउँपालिका – ६ थुमलुङमा निबासी मानबहादुर विष्टको पहिरोले पुरेर मृत्यु भएको हो ।
घर नजिकै अलैची बगानमा अलैची गोड्ने क्रममा अचान आएको पहिरोले शनिबार बेलुकी करिब ६ बजे ६५ वर्षीय विष्टलाई पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरेर घाईते भएका विष्टलाई तत्काल उद्दार गरी घर लगेपनि विहान सवा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुग्दा विष्ट आफ्नै घरमा मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
