
सुनसरी, भदौ १५ गते ।
सुनसरीको कोशीमा हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालीका – ३ निबासी ३२ वर्षीय अनमोल मुखियाको हात्तिको आक्रमणमा मृत्यु भएको हो ।
स्थानिय खरे खोलामा माछा मारिरहेको अवस्थामा मध्येन्न पौने १२ वजे कोशी टप्पपु बन्यजन्तु आरक्षणबाटा निस्केको जंगली हात्तिले आक्रमण गर्दा मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तिले मुखियाको छाति र खुट्टामा कुल्चिएर घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।
