Tuesday, March 25News That Matters

अव निर्वाचनको मिति तोक्ने अधिकार संसदलाई हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त यादव

पूर्णपुष्टि/उदयपुर, असार २२ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्बाचनको मिति तोक्ने धिकार संसदलाई दिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

विगतको अभ्यासमा निर्बाचनको मिति तोक्ने अधिकार निर्बाचन आयोगलाई पनि नदिई सरकार आफैसंग भएकाले तारतम्य नमिलेको प्रतिक्रिया दिदै प्रमुख आयुक्त यादवले यस्तो विचार राख्नुभएको हो । संसदलाई अधिकार दिएमा परिस्थितिको अनुकुलतालाई हेरेर निर्वाचनको मिति तोक्ने र सोही अनुरुप आयोगले तयारी गर्ने उहाँले बताउनुभयो ।

निर्बाचन तयारीका लागि पर्याप्त समय नहुनु, मतपत्र साईज र संख्या निर्धारित गर्न नसक्नु, पर्याप्त मतदाता शिक्षा दिन नसक्नु जस्ता अप्ठ्याराहरु भोग्नु परेको थियो ।

कठनाईका बाबजुद आयोगले छिट्फुट घटनाबाहेक निर्बाचन शान्तिपूर्वक सम्पन्न गराउन सफल भएको उहाँले बताउनुभयो । जस्मा राजनीतिक दल, उम्मेदवार, स्थानीय प्रशासन, सुरक्षा निकाय, कर्मचारी, पत्रकार, नागरिक समाज सबैको अहम भूमिका रहेको बताउनुभयो ।

चुनाव झनझन खर्चिलो हुदै गएको र यसले भ्रष्टाचार र अनियमितता बढ्नेप्रति संकेत गर्दै स्वस्थ्य प्रतिष्पर्धा र जनताको मतको विश्वास र सम्मान गर्ने परिपाटी स्थापित गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

भिडियो…