Monday, February 17News That Matters

असारीमा साकेला उभौली तथा अभिनन्दन कार्यक्रम

 

बिक्रम राई

असारी/जेष्ठ २५

त्रियुगा नगरपालिका वडा नं १३ असारीमा शनिवार भब्य उभौली साकेला पर्व मनाईयो । त्रियुगा नगरपालिकाका बिभिन्न ठाउँमा बसोवास गर्ने करातीहरुले सहभागी जनाउँदै उभौली मनाईएको हो । औपचारीक कार्यक्रम सँगै साकेलामा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो ।

किरात राई भाषा तथा संस्कृती विकास केन्द्र असारीले साकेला उभौली तथा किरातीहरुको भाषा संस्कृती र पहिचानलाई संरक्षण गर्न योगदान पुराउने नरध्वज राईलाइ अभिनन्दन गरेका छन् । राईले किराती भाषा संस्कृती साकेला उभौलीको लागि १ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराई योगदान पुराएका थिए ।

राईलाई किरात राई भाषा सांस्कृतीलाईको जगेर्ना गर्नका निम्ती सहज वातावरण गराउन जग्गा उपलब्ध गराएको भन्दै अभिनन्दन गरिएको किरात राई भाषा तथा संस्कृती विकास केन्द्र असारीका सचिव कर्ण राइले बताए ।

खोटाङको चिप्रुङमा जन्मिएका राई १५ बर्ष सम्म ब्रिटिस सेनामा सेवारत रहे । हाल त्रियुगा नगरपालिका ११ शान्तिनगरमा बसोबास गर्दै आईरहेको राई आफ्नो सेवा पछि पनि थुप्रै सामाजिक कार्यमा व्यस्त रहे  ।

राईले बिषेश गरी किरात भाषा, संस्कृतीलाई संरक्षण गर्नु पर्नेमा जोड गर्दै यसलाई स्थापित गर्न मुख्य संस्कृतीको रुपमा मनाईने साकेला उभौली लाई व्यवस्थीत र निरन्र्तता दिनेमा जोड गर्दै जग्गा प्रदान गरेको जग्गा दाता राईले बताए ।

राईलाई किरात राई भाषा तथा संस्कृती विकास केन्द्रका अध्यक्ष खबरमान राई र वडा नं १३ का वडा अध्यक्ष पशुपती चौधरीले खादा र अभिनन्दन पत्रले भव्य रुपमा सम्मान गरे ।

कार्यक्रममा त्रियुगा नगरपालिकाको मेयर वलदेव चौधरी वडा न. १३ का वडा अध्यक्ष पशुपति चौधरी, किरात राई भाषा तथा संस्कृती विकास केन्द्रका अध्यक्ष खबर मान राई, किरात राई यायोख्खाका पूर्व केन्द्रिय सदस्य किरण राई समाज सेवी तथा भाषा संम्रक्षण डा. कैलाश राई लगाएतले किरात राईहरुको संस्कृतीको संरक्षण तथा संबद्र्धनका लागि भनाईहरु व्यक्त गरे । उनिहरुले जग्गा निशूल्क उपलब्ध गराई योगदान पुराउने नरध्वज राईलाई बिषेश धन्यवाद समेत व्यक्त गरे ।

किरातीहरुको महान चाँड साकेला यतिबेला देशका बिभिन्न ठाउँहरुमा किरातीहरुले भव्य रुपमा मनाईरहेको छ ।

बिषेश गरी पूर्वको बिभिन्न जिल्लाहरुमा रहेका किरातीहरुले यसलाई आफ्नो मुख्य संस्कृतिको रुपमा मनाउदै आईरहेको छ ।

यस्तै त्रियुगा नगरपालिकाको १६ ओटै वडाहरुका प्रा.का.श हरुले यतिवेला धमाधम साकेला उभौली पर्वको आयोजना गरी रहेको छ ।