Thursday, April 23News That Matters

असुसको एआई ल्यापटप भिभोबुक एस १५ नेपाली बजारमा

पूर्णपुष्टि, साउन १६ ।  असुसले नेपाली बजारमा आफ्नो नयाँ एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको छ। नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रममा यस ल्यापटपको औपचारिक सार्वजनिकीकरण गरेको हो।

नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफका अनुसार यो ल्यापटप १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसरले सुसज्जित छ। यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयू पनि समावेश छ। भिभोबुक एस १५ मा विन्डोज ११ अपरेटिङ सिस्टम, १६ जीबी र्‍याम (३२ जीबीसम्म बढाउन सकिने), र १ टिबी एसएसडी स्टोरेज रहेको छ। कम्पनीले यस ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याकअप दिने दाबी गरेको छ।

अन्य विशेषताहरूमा आरजीबी किबोर्ड, युएसबी, एचडीएमआई, वाईफाई ७, अडियो ज्याक, र माइक्रो एसडी कार्ड रिडर समावेश छन्। असुस भिभोबुक एस १५ को मूल्य रु. २,०९,९०० तोकिएको छ। यसमा २ वर्षको वारेन्टी र एक्सिडेन्ट ड्यामेज प्रोटेक्शन सेवा समेत प्रदान गरिएको छ। पहिलो वर्ष भौतिक क्षतिको मर्मत शुल्कमा ८० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। कम्पनीले यो ल्यापटपले दैनिक कार्यहरू र गेमिङमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।