Tuesday, June 23News That Matters

अस्पतालमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटियो

पुर्णपुष्टि,असोज ४

भरतपुर अस्पतालमा कार्यरत एक कर्मचारी नहरमा मृत फेला परेका छ ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारीको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव सिमरा घर भएको ३२ वर्षीय पुरुष सूर्य मिश्रको रहेको प्रहरीले उल्लेख गरेको छ ।

मृत युवा विगत ११ वर्षदेखि अस्पतालमा बिजुली मर्मतको काम गर्दैे आएको प्रहरीे जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । शब हत्याको आसंका भएको कारण प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।