अस्पतालमा गर्भवतीको मत्यु, श्रीमान् भनिएका व्यक्ति फर्किएन

पूर्णपुष्टि, मंसिर १५ गते ।
जिल्ला अस्पताल उदयपुरमा सुत्केरी गराउन ल्याइएकी एक गर्भवती महिलाको आइतबार मृत्यु भएको छ । २६ वर्षिया गरिस्मा बुढाथोकी नाम गरिएकी गर्भवती महिलाको सुत्केरी गराउने भन्दै विहान ६ बजे ल्याइएकोमा १०ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
सुरुमा महिलाको अवस्था सामान्य नै देखिएपनि पछि एक्कासी शारीरिक समस्या आएर मृत्यु भएको डाक्टर अमरेश कुमार महतोले बताउनुभयो । गर्भवतीको शरिरमा सेतो रगतको कमी देखिएकाले बाहिर अस्पताल लैजान सुझाए पनि आफन्तले लैजान ढिलाई गरेको डाक्टर महतोले बताउनुभयो ।
श्रीमान हो भन्दै सुत्केरी गराउन अस्पताल ल्याएको एक पुरुष भने उनको मृत्यु लगत्तै बाहिरिए पछि फर्केर आएका छैनन् । आफन्तलाई बोलाउने भन्दै अस्पताल बाहिरिएका पुरुष फर्केर नआएपछि मृत गर्भवती बेबारिसे बनेको छ । मृतक महिलाको श्रीमान्को नाम प्रेम बुढाथोकी लेखाइएको भने ठेगाना उदयपुरगढी गाउँपालिका–७ लेखिएको छ । महिलाको गर्भवती जाँच भने खोटाङको बुईपा स्वास्थ्य चौकीमा गरिएको गर्भवती जाँच कार्डमा उल्लेख छ ।
श्रीमान् भनिएको पुरुष घण्टौं नफर्किएपछि प्रहरीसमेतको सहयोगमा आफन्तको खोजी भईरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: