
उदयपुर,मंसिर १५ गते ।
बेलकामा अवैध रुपमा लागईएका र आफै उम्रिएका गाँजा फडानी गरी नष्ट गरिएको छ । बेलका नगरपालिका–६ को करिब एक दर्जन गाउँ बस्तिमा लगाईएका र उम्रिएका गाँजा फडानी गरी नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेका प्रहरी निरीक्षक रामचन्द्र शाहको नेतृत्वमा खटेका ६ जना र सशस्त्र प्रहरी बल रामपुर ठोक्सिलाबाट सशस्त्र प्रहरी निरिक्षक अरुण भण्डारीको नेतृत्वमा खटेका १० जनाको संयुक्त प्रहरी टोलीले अवैध रुपमा लगाईएका र आफै उम्रिएका गाँजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।
रानिटार, बगुवा, तित्रिबोट, धुरधुरे, घारेघाट, बासीखोप, माझिगाउँ, पुवारे थुम्का र लामीडाँडा लगायका गाउँघरको करिब ४९ कठ्ठामा लगाईएका र आफै उम्रिएका करिब ८६ हजार बोट गाँजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।
