सागको ब्याडमिन्टन खेलमा नेपालको सरुवाती जित

मंसिर १५ गते । 

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को ब्याडमिन्टन प्रतियोगीतामा नेपाली टोलीले हिज सुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबारदेखि सुरु भएको १३ औंँ सागको मेन्स टिम इभेण्टमा नेपाली टिमले भुटानी टिमलाई पराजित गर्दै सेमि फाइनल प्रवेश गरे सँगै पदक पक्का भएको हो ।

नेपालको तर्फबाट रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९को सोझो सेटले पराजित गरेको थियो । त्यसैगरी दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१३, २१–१४ को नतीजाका साथ जित हात पारेको थियो ।

त्यस्तै प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१– ५ को सेटमा पराजित गरे भने अर्को खेलमा जेसिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २१–१९ र २२–२० ले पराजित गरेकी थिईन् ।

महिलातर्फको टिम इभेण्ट प्रतिस्पर्धामा नेपालकी नङसालदेवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८ र १५–२१ र २१–१७ को सेटमा पराजित गरिन् । त्यसैगरी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा पराजित गरेकी थिईन् ।

ब्याडमिन्टनमा ७ स्वर्ण, ७ रजत र १४ कास्य पदक रहेको छ । उक्त पदकको लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालाको ब्याडमिन्टन कभर्ड हलमा प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0