
पूर्णपुष्टि,वैशाख ६
आरडीटी पोजेटिभ देखिएकी उदयपुरको कोरोना संक्रमित एकजना महिलाको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । त्रियुगा नगरपालिका–६ जलजलेकी ३५ वर्षीया जैनव खातुनको आज (सोमबार) बिहान समयमा उपचार नपाएर मृत्यु भएको हो ।
विराटनगरको करिब आधा दर्जन अस्पताल चर्हादा चहार्दै हस्पिटलले उपचार गर्न र भर्ना लिन नमानेपछि महिलाको मृत्यु भएको आफन्तहरुले बताएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान करिब ३ बजे विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आईसीयूमा ‘सिफ्ट’ गर्नुअघि आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना गर्न नमानेको परिवारको भनाई छ ।
बिरामी लिन नमानेपछि गोल्डेन अस्पतालबाट बुढीगंगा गाउँपालिका–२ मा करिब ८ किलोमटर टाढा रहेको विराट मेडिकल कलेज पु¥याए । त्यहाँ पनि भर्ना लिन नमानेको एम्बुलेन्स चालक राजा मियाले बताए ।
चिकित्सको सुझाबअनुसार विराट मेडिकल कलेज पु¥याइएको तर त्यहाँ पनि आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि चिकित्सकले भर्ना नगरी फर्काइदिएको आफन्तले जनाएको छ । एकले अर्कोलाई मौखिक रेफर गर्न थालेपछि लगेको एम्बुलेन्समा अक्सिजन सकिएको र अर्को एम्बुलेन्समार्फत म्याक्स अस्पताल, विराटनर्सिङ्ग होम, नोवेल अस्पतालहुँदै कोसी अञ्चल अस्पताल पु¥याए पनि कसैले भर्ना नलिएको बताए ।
कोसी अञ्चल अस्पतालमा आइसोलेसनमा भर्ना गरेको तर चिकित्सकले उपचारमा आनाकानी गरेपछि विरामीको बिहान मृत्यु भएको उनले बताए । उपचार नै नपाइ विरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोशित छन् ।
अस्पतालका प्रमुख डा. चुमनलाल दासले पीसीआर परीक्षण गर्न नै नपाइ बिरामीको मृत्यु भएकाले कोरोना हो भन्ने एकिन नभएको बताए । उनले बिरामीको अवस्था आउँदै नाजुक भएकाले बचाउन नसकिएको बताए ।
पचारमा खटिएका एक चिकित्सकका अनुसार अस्पतालमा ल्याउँदा विरामीमा अक्सिजन लेभल कम देखिएको थियो, ‘सामान्य अवस्थामा अक्सिजन लेभल ९० प्रतिशत हुनुपर्छ तर बिरामीमा ६० प्रतिशत मात्रै थियो।
