Tuesday, June 9News That Matters

नेपालमा थप १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख ६ 

नेपालमा थप १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा १२ सय २७ जनामा र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो ।

कुल ७५ सय ४८ परीक्षणको १६.९७ प्रतिशत अर्थात् १२ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नमुना परिक्षण गरेको मध्ये पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खतरनाक अवस्था मान्दै आएको छ । नेपालमा पछिल्लो एक हप्तादेखि परीक्षण गरिएका नमुनाको १५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ ।

सोमवार थपिएकासँगै नेपालमा अहिलेसम्म दुई लाख ८५ हजार नौ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक जनासहित आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ९१ पुगेको छ ।

त्यस्तै थप दुई सय ५५  जना निको भएसँगै अहिलेसम्म दुई लाख ७५ हजार पाँच सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि सात हजार नाघेको छ । अहिले सात हजार दुई सय ५४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।