Tuesday, June 30News That Matters

कलाकार मदनकृष्णसहित एकैघरका ५ जनालार्ई कोरोना संक्रमण पुष्टि

वैशाख ६ 

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कलाकार श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण देखिएपछि सास्ती हुने र यसलाई खेलाँची नगर्न पनि उनले सबैलाई आग्रह गरेका छन् । जति सकिन्छ कोरोनाबाट सतर्क रहन आग्रह गरेको हो ।

कलाकार श्रेष्ठको सोमबार जन्मदिन पनि हो । जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई उनले धन्यवादसमेत दिएका छन् ।