Tuesday, June 30News That Matters

जिल्ला स्तरीय बतृत्वकला प्रतियोगिताका उत्कृष्टहरुलाई प्रमाण पत्र प्रदान

पूर्णपुष्टि, बैशाख ६

जिल्ला स्तरीय बतृत्वकला प्रतियोगितामा सहभागी प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने ३ जनालाई संगम सामुदायीक पुस्तकालयले प्रमाण पत्र प्रदान गरेको छ ।

पुस्तकालयको नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रम सँगै प्रतियोगितामा उत्कृष्ट हुने ३ जनालाई हार्दिक बधाई सहित प्रमाण पत्र वितरण गरिएको हो ।

२६ ओटा स्कुलबाट सहभागी भएका प्रतियोगीहरु मध्ये प्याराडाईज बोर्डिङ स्कुलकी प्रकृति खड्काले प्रथम स्थान हाँसिल गरिन् । उनिले जिल्लामा प्रथम स्थान हाँसिल गर्दै १ नं प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा समेत उदयपुर बाट सहभागी जनाउने अवसर पाईन् । यस्तै जिल्ला स्तरीय तर्फ सगरमाथा बोर्डिङ स्कुल बाट सहभागी अपेक्षा राना मगरले दोस्रो स्थान हाँसिल गरिन् भने लक्ष्मीपुर माविका शंकर बिष्टले तेस्रो स्थान हाँसिल गरेको छ ।

उनिहरुलाई प्रदेश नं १ की सांसद अम्विका थापा र पुस्तकालयका अध्यक्ष भरत खड्काले प्रमाण पत्र वितरण सहित बधाई व्यक्त गर्नुभयो ।

राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा शुसासनका हिमायती ( जि क्यु ) गाईघाट उदयपुरले बाल संरक्षणको लागि एक्यबद्धता परियोना अन्तर्गत कोरोना भाईरसले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका विषयमा वतृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।

यसै कार्यक्रम बिच पुस्तकालयले सल्लाहकार समितिमा २ जनालाई जिम्मेवारी हस्तान्तरण गर्नुका साथै अन्यलाई आजिवन सदस्य र साधारण सदस्यता पनि वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै सांसद थापाले पुस्तालयलाई दिएको प्रतिवद्धता राजििनतिक समस्याको कारण पुरा गर्न नसकेको बताउनुभयो । हाल नेपालको क्षती ग्रस्त राजनितिक र कोरोना भाईरसको कारण प्रदेश सांसद कोष रोकिएको भन्दै पुस्तकालयलाई तत्काल आफुले गरेको बाचा पुरा नभएको जानकारी समेत दिनुभयो । उहाँले यो बाचा खेर गएपनि पुस्तकालयलाई गर्ने अन्य साथ सहयोग र पुस्तकालय प्रतिको प्रयास खेर नजाने बताउनुभयो । उहाँले सरकार सँग यस पुस्तकालयको निम्ति अन्य क्षेत्रहरुबाट पनि सहयोगको लागि आफुले पहल गर्दिने बताउनुभयो ।

यस्तै पुस्तकालयका अध्यक्ष भरत खड्काले पुस्तकालायलाई विश्व विद्यालय र सुचनाका ज्ञानको भण्डार रहेको बताउनुभयो । खड्काले पुस्तकालयमा निम्तो गर्न तपाई हामि सबैको कर्तव्य रहेको बताउनुभयो । पुस्तकालय एक राम्रो क्षेत्र र स्थान रहेको हँदा राम्रो काममा सहभागी गराउन तपाई हामि सबैको कर्तव्य भनेर बुझ्न समेत आग्रह गर्नुभयो ।