
पूर्णपुष्टि, जेठ २९ गते ।
रोल्पामा बनेको आईसोलेशनमा अझै संक्रमित आएको छैन । सदरमुकाम लिवाङमा जिल्ला स्तरीय आइसोलेशन बनेपनि संक्रमित आएका छैनन् ।
गत जेठ २५ गते पहिलो पटक ३ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ४ दिन वितिसक्दा समेत संक्रमितहरु क्वरेन्टीनमै रहेका छन् ।
सदरमुकामको जलजला बहुमुखी क्याम्पसमा ५० शय्याको आइसोलेशन सेन्टर स्थापना गरिएको भएता पनि बिहीबार बिहानसम्म कोही संक्रमित नआएको आइसोलेशनको रोप्पा अस्पतालका डा. अनिल केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो “हिजो ल्याउने भन्ने खबर आएको थियो तर पछि गाडीको समस्या भयो भन्ने खबर आयो । आज आउने सम्भावना छ ।”
