
पूणर्पुष्टि/जेष्ठ, २९
गाईघाट/त्रियुगा नमुना माध्यमिक विद्यालयका काक्षा १० मा अध्यानरत विद्यार्थीहरुलाई पाठ्य पुस्तक बिहिबार वितरण गरिएको छ । कोरोनाका कारण शैक्षिक संस्था तथा पठनपाठका क्षेत्रहरु पनि अहिले ठुलो प्रभावमा परेको भन्दै नयाँ शैक्षिक पठनपाठनलाई तिव्र बनाउन पुस्तक वितरण कार्यलाइ अघि सारेको विद्यालयका प्रध्यानाध्यापक सुवास विष्टले बताउनुभयो ।
विष्टले कितावको पठनपाठनलाई घरमै बसेर पनि अध्यान गरी शिक्षालाई निरन्तर दिन सर्वप्रथम पाठ्य पुस्तक वितरण गरिएको बताउनुभयो । विद्यालयमा एक कार्यक्रमको विच त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले विद्यार्थीहरुलाई पुस्तक हस्तान्तरण गर्नुभयो । पुस्तक हस्तान्तरण गर्दै मेयर चौधरीले यतिवेला शिक्षामा ठुलो असर परेको बताउनुभयो ।
बाध्यतावस शिक्षालाई पनि सहज तरिकाले निरन्तर दिन नसक्दा विद्यार्थीहरुको शैक्षिक सुधार र पठनपाठनमा समस्या आएको उहाँले बताउनुभयो । मेयर चौधरीले अहिले बिभिन्न प्रविधि मार्फत संञ्चालन भइरहेको कक्षाहरुमा सहभागी भइ तथा घरमै बसेर पुस्तक अध्यान गरी शिक्षालाई प्रथामिक दिन सम्पूणर् विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।
