
पूर्णपुष्टि, जेठ २९ गते ।
लकडाउन खुकुलो पारेपछि भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएका छ भने ३ सय ५७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित थपिने र मृत्यु हुनेको संख्या अहिलेसम्म कै उच्च हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८६ हजार नाघेको छ भने मृत्युय हुनेको संख्या ८ हजार नाघेको जनाईएको छ ।
