
सुनसरी, जेठ २९ गते ।
सुनसरीमा खाटबाट लडेर एक बालिकाको मृत्यु भएको छ । कोशी गाँउपालिका–३ बस्ने १६ बर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको हो ।
हिजो दिउँसो ४ बजे आफ्नै घरमा खाटमा बसेर टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडेर बेहोस भएको पछि उपचारको लागी अस्पताल लैजाने क्रममा कबिर सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
