
पूर्णपुष्टि, बैशाख १० गते ।
कोरोना भाइरस (कोभिड–१९) को आशंकामा टेकु अस्पालको आईसोलेसन वार्डमा भर्ना भएका दुई जना नर्सको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । काठमाण्डौको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पताले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । रिर्पोट नेगेटिभ आएपछि दुवै जनालाई अस्पतालबाट डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।
