Sunday, June 28News That Matters

भुल्केमा संक्रमित १ थपियो, जम्मा संख्या २५ पुग्यो

पूर्णपुष्टि, वैशाख १० ।

उदयपुरको भुल्केमा संक्रमित थप १ जना बढेपछि त्यहाँको कोरोना संक्रमितको संख्या २५ पुगेको छ । १३ जना संक्रमित पत्ता लागेको भुल्केमा हिजो ११ जना थपिएका थिए । आज थप १ जना थपिएको हो ।

जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार थपिएका आज थपिएका एक र हिजोका १ गरी दुइजनालाई विराटनगर कोरोना अस्पताल पठाइएको छ । एम्बुलेन्सबाट उनीहरुलाई पठाइएको हो । हिजो पत्ता लागेका ११ मध्ये ८ जनालाई विहानै धरान लगिएको थियो भने अन्य दुइजनालाई पनि लगिएको थियो । प्रशासनले भुल्केमा विशेष सुरक्षा व्यवस्थाका साथ लक गरेको छ ।