
पूर्णपुष्टि, बैशाख १० गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमित मध्ये ६ लाख ९५ हजार तीन सय ३६ जना निको भएका छन् ।
अहिले विश्वका दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २५ लाख ५७ हजार ९ सयभन्दा बढी संक्रमित भएको छ । अहिले १६ लाख ८४ हजारभन्दा बढीको उपचार भइरहेको छ ।
उपचार गराइरहेका मध्ये ५७ हजारभन्दा बढी अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको छ भने बाँकी १६ लाख २७ हजारभन्दा बढी अर्थात् ९७ प्रतिशतको अवस्था सामान्य रहेको जनाईएको छ । अहिलेसम्म १ लाख ७७ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।
विश्वमा सवै भन्दा बढी अमेरिकामा ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
