Tuesday, June 30News That Matters

आईतबारसम्म सुरक्षित ठाउँमा बस्न आग्रह

पूर्णपष्टि, असार २६

अविरल वर्षा भैरहेकाले बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक प्रकोपका जोखिमयुक्त क्षेत्रहरुमा सर्तकता आपनाउन जिल्ला प्रहरी कार्यालय उदयपुरले आग्रह गरको छ ।  वर्षापछि बाढी, पहिरो आउने भएकाले नदि किनार, खोला छेउछाउ लगायतका जोखिमयुक्त क्षेत्रमा सर्तकता अपनाउन जिप्रकाले आग्रह गरेको हो ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विहिबारदेखि आईतबारसम्म ठूलो वर्षा हुने जनाएको छ । प्राविधिकरणले सुचना जारी गर्दै जोखिमयुक्त क्षेत्रका बस्तिहरुमा सर्तकता अपनाउन आग्रह गरेको छ ।

जिप्रका उदयपुरले सर्तकता अपनाउन आग्रह गर्दै यस्ता घटना कतै घटे, देखे र सुने तत्काल जानकारी गराउन अनुरोध छ । जिप्रकाले प्रमुख जिल्ला अधिकारी, जिप्रका प्रमुख, जिप्रका सुचना अधिकारी र जिप्रका माताहतका सवै प्रहरी युनिटको सम्पर्क नम्बरहरु जारी गरेको छ ।

सम्पर्क नम्बरहरु तल हेर्नुस् :