Sunday, March 16News That Matters

आईपिएलको उपाधि कोलकातालाई

पूर्णपुष्टि, जेठ १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आईतबार भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो ।

कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सनराइजर्स हैदराबादले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

कोलकाताका लागी वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६–६ रन बनाए ।

हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक–एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो ।

हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । एडेन माक्ररम २०, नितेश कुमार रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए । कोलकाताका लागी आन्द्रे रसेलले ३ विकेट लिए भने मिचेल स्टार्क र हर्षित रानाले दुई–दुई विकेट लिए । वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले एकएक विकेट लिए ।