Wednesday, June 17News That Matters

आईपीओको नतिजा नयाँ वेबसाइट

पूर्णपुष्टि, फागुन १५

आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ । आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।

मेरो शेयरबाट आईपीओको नतिजा हेर्न समस्या भएकाको र धेरै जनाले एकै पटक नतिजा हेर्दा चापले अरु सेवा पनि प्रभावित भएपछि नयाँ वेबसाइट ल्याएको लिमिटेडले जनाएको छ । अब iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।

ईपीओको नतिजा मात्रै राखिने यो पोर्टल छिटो छरितो र धेरै लगानीकर्ताले एकैसाथ प्रयोग गर्न मिल्ने गरि बनाइएको लिमिटेडको दाबी छ ।