
रिना चाम्लिङ राई
नारी तिमी अझै पनि १८ औ शताब्दीको ढुंगेयुगमा छौ । कमिले युगमा छौ । हेर, हामी सङ्गै बस्ने यहि समाजभित्रैका पुरुषहरु २२ औ शताब्दीतिरका परिबर्तीत युगमा पुगिसके । आजका नारी अझै पनि पर्खालभित्र, घरको चौघेराभित्र । चुलो र चौकाभित्र सिमित । आउ खुल्ला आकाशमुनि । आउ तिम्रो त्यो पर्खाललाई हटाएर । आउ घरको तडबन्धनलाई तोडेर । आउ तिम्रो समानता न्यायको लागि जन्जिर तोडेर । आउ चुलो र चौकाभित्रको दमनलाई फोडेर । अब तिमी कर्फ्यु जारी गरिएर राखिएको बस्ती जस्तो शान्त हुने कोशिस नगर । किनकि आजका नारी भोलिका देशको हरेक अङ्गमा महिला सशत्तीकरणको हाबी हुनेछ। सिपाही झै अड्डा, अदालत समानताको लेखाजोखा गर्ने तिमी हिट्लर बन्नु छ । समाजका हरेक पुरुषबादी चिन्तनलाई पर्दाफास गर्नुछ । पुरुषबादी चिन्तनलाई सफाई गर्नुछ ।
आउ नारी तिम्रो अधिकार तिमी आफैले लडेर खोसेर लिनुछ । तिम्रो हक र अधिकार कसैले दाइजो दिने सामान हैन। तिम्रो आवाज तिम्रो अधिकारको हकदार स्वयम् तिमी हौ । जतिबेलासम्म तिमी आफै तिम्रो अधिकारको निम्ति आवाज उठाउदैनौ, जब तिमी आफै मुकाबिला गर्ने हिम्मत गर्देनौ, आफ्नो न्यायको लागि तिमी आफै पर्खालभित्र हराउने छौ, पर्खाल भित्रको जन्जिरले बाधिने छौ । त्यसैले, आउ नारी तिम्रो मसला पिस्ने हातहरुले तिम्रो चोली उधार्ने नर पिपासुलाई फाँसीदिने मेसिन बनाउ । नारी तिमी माथी कुदृष्टि हेर्ने आँखाहरुलाई नजरबन्दीको बीष बनाउ । नारी तिमी अझै किन पर्खाल भित्र ? यस्तो प्रश्न हाम्रो समाजका दुबै नारी पुरुषलाई गर्न चाहान्छु । महिलालाई शिक्षित बनाउन पुरुषको ठुलो हात हुन्छ । पुरुष सफल हुनु महिलाको ठुलो हात हुन्छ । तरपनि किन समाज चेतनास्तरमा अझ मेरो गोरुको बाह्रै टक्का गर्न चाहान्छ । किन केही पुरुषका सोचमा परिवर्तन आउन चाहान्दैन ? किन केही पुरुषवाद बिचारलाई महापुरुष बनी महिला माथी शोषण र अन्यायको जन्जिरले बाध्न खोज्छ्न ?
तर आजभोलि समाजमा पुरुषमात्र दोषि हैन । महिला आफूभित्र पनि कमजोरी र दोषिको भागेदारी रहेको पाइन्छ । अधिकारलाई हातमा लिएर सुम्पिन्दा पनि अधिकारलाई बेवास्था गर्ने । त्यही चौघेराको जन्जिरभित्र फर्किन बाध्य हुने । तिमी कस्तो नारी ? आउ नारी तिमी जति तिमी शान्त तलाउ बन्छौ, त्यति तिमी आफैभित्र हराउछौ । तिमीलाई त्यतिकै त पितृसतात्मक देशमा तिम्रो आवाजलाई निश्तेज गरिएको थियो भने तिमी आफै तिम्रो आवाजलाई निस्तेज गर्न खोज्छौ । आउ नारी तिम्रो आवाजलाई जनमासमा फैलाउ । तिम्रो आवाज माथी हस्ताक्षेप गर्ने माथी तिमी आफै हमाल गर ।
हेर तिमी नारी तिमी अझै कुवाभित्रको भ्यागुतो जस्तो कुनामा बसेर जोगिले भिख मागे जस्तै गरि अधिकार नमाग । किनकि तिमी नै हौ लाखौं माहिलाका लागि आवाज बनी गुन्जिने । हैन भने उदाहरणिय माहान नारी हस्तीहरुलाई हेर । जेन्जिर भुटो एक देशको प्रधानमन्त्री बनिन् । पाकिस्तानी १५ बर्षकि मलालालाई हेर महिला शिक्षा विरुद्ध राज्यसंंग लडिन् । आफ्नै देशमा हेर पासाङ्ग लामु शेर्पा सगरमाथाकी छोरी भनेर चिनिन्छ । जहाँ सगरमाथासंग गहिरो नाता गासेर आफ्नो प्राण त्यागिन् । आज संसारभर उनको गुनगान गाउने गरिन्छ । नारी आउ तिम्रो हातमा असम्भव भन्ने कुरा मूर्खको डाईरीमा मात्र पाइन्छ। तिमी जस्तै नारीहरु हेर पाउजु लाउने खुट्टाहरुले पुरुषसंग परेड खेलेका छ्न् । परि आएको खण्डमा देशको निम्ति छातीमा गोलि थाप्न तयार छ्न् । त्यसैले आउ नारी तिमीभित्र बिश्व हाक्ने क्षमता छ । बिश्व हल्लाउने तागत छ ।
(२०७४-०९-०८/उदयपुर, गाईघाट)