आगलागीबाट पन्ध्र लाख क्षति

पूर्णपुष्टिखोटाङ, फागुन, २९ गते

-भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा खोटाङमा पन्ध्र लाख बढी क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा पन्ध्र लाख ४२ हजार बराबरको क्षति भएको हो ।

घरमा कोही नभएको समयमा सोमबार साँझ आगलागी हुँदा तीन तले घर तथा घरमा राखिएका नगद ५० हजार, बिक्री गर्न राखिएको छ मन अलैंची, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात लगायत जलेर नष्ट भएको स्थानीय हर्कराज राईले जानकारी दिनुभयो ।

गाउँभन्दा अलि टाढा दिक्तेल–खार्मी सडक खण्डमा रहेको घरमा भएको आगलागी स्थानीयले करिब तीन घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीमा घर तथा घरमा भएका सबै सामग्री जलेर नष्ट भएपछि राई परिवारको विचल्ली भएको छ । आगलागीमा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0