Tuesday, April 21News That Matters

आगलागीमा १५ चौपायाको मृत्यु

पूर्णपुष्टि, चैत २१

सर्लाहीको हरिवनमा रहेको एक  गोठमा आज बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ ।

हरिवन नगरपालिका–९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसी÷बाख्राको जलेर मृत्यु प्रहरीले जनाएको छ ।

आगलागीबाट तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।