Friday, April 17News That Matters

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

पूर्णपुष्टि, चैत २१ 

कैलालीमा हात्तिको क्रमणमबाट एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट ६० वर्षीय मन्सराम डगौराको मृत्यु भएको हो ।

शुक्रवार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

तरकारीका लागि निउरो टिप्न गएका डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।