
पूर्णपुष्टि, चैत २१
सर्लाहीको हरिवनमा रहेको एक गोठमा आज बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ ।
हरिवन नगरपालिका–९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसी÷बाख्राको जलेर मृत्यु प्रहरीले जनाएको छ ।
आगलागीबाट तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
