Tuesday, April 21News That Matters

आगलागी बाट मृत परिवारलाई वडाको पहलमा आर्थिक सहयोग

पूणर्पुष्टि, साउन, ६

अग्नि पिडितलाई १६ नं वडाको पहलमा आर्थिक सहयोग जुटेको छ । गत मंसिरमा त्रियुगा नगरपालिका वडा नं १६ रातापानीमा आगलागि बाट २ घर जल्दा धन जनमा क्षेती पुगेको थियो । चन्द्र बहादुर राई र बम बहादुर राईको घर आगलागि हुदा चन्द्र बहादुर राईको ४ बर्षिय छोरा विष्णु बहादुर राईको भने मृत्यु भई जनमा समेत क्षेति पुगेको थियो ।

पिडित परिवारलाई आगलागी भएको अवस्थामनै तत्कालको लागि १६ नं वडा कार्यलयले आर्थिक सहयोग सँगै खाद्यन्न र त्रिपाल व्यवस्था गरेका थिए ।

पछि आगोले घर विहिन भएपछि वडाले घर निर्माणका लागि जस्तापता सहयोग गर्यो र अहिले वडाकै पहलमा नगरपालिकाले २५ हजार आर्थिक सहयोग मृत परिवारलई गरेको छ ।

वडा अध्यक्ष मान वहादुर राईले आगलागि बाट मृत्यु भएका चन्द्र बहादुर राईको परिवारलाई नगरबाट वाट प्राप्त सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।