
पूणर्पुष्टि, साउन, ७
नेपालमा हाल सम्म कोरोना बाट मर्नेको संख्या ४१ पुगेको छ । हालै महोत्तरी गाउँपालिका-३ मोरइका ६० वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु पछि मृत्यु संख्या ४१ पुगेको हो ।
अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले उपचारको क्रममा मृत्यु भएको जानकारी जिानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको सापकोटाले बताए ।
उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।
सापकोटाका अनुसार अस्पताल आउँदा बिरामी गम्भिर अवस्थामा रहेको थियो ।, उनको ‘आईसीयू केयरमा उपचार गर्दै पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।’
योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको हो । यसअघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।
