
पूणर्पुष्टि, साउन, ७
मकवानपुरमा तुइनबाट खसेर एक जना बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७७ बर्षिय कृष्ण प्रसाद पराजुली रहेका छन् । पराजुली हेटौँडा उपमहानगरपालिका १ लालझाँडीका हुन् ।
तुइनबाट पारीपटी खेतमा जाने क्रममा तुइन चड्न लाग्दा खुट्टा चिप्लियर लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी इन्द्र बहादुर रानाले जनाए । उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको डिएसपी रानाले बताए । गम्भीर घाइते भएका पराजुलीलाई प्रहरी पुग्नु अगावै हेटौंडाको जिल्ला अस्पताल लगिएको थियो ।
जिल्ला अस्पतालमा सम्भव नभएको उनलाई भरतपुर अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
