Friday, May 1News That Matters

आगामी बर्ष उदयपुरमा सत प्रतिशत विद्युत पुराउने अपेक्षा

पूर्णपुष्टि, २ भदौ । नेपाल विद्युत प्राधिकरण ३८ औँ बर्ष पार गर्दै ३९ औँ बर्षमा टेकेको छ । यसको अबसरमा देशैभरी प्राधिकरणका कार्यालयहरु र कर्मचारीहरु उत्साहित छन् । नेपाल सरकारको एक मात्रै नाफामा पुगेको सरकारी संस्था नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९ औँ बार्षिकोत्सवलाई उत्साहित बनाएको छ ।
यसै शिशिलामा उदयपुर वितरण केन्द्रले पनि बार्षिकोत्सवलाई भव्य रुपमा मनाएको छ । बार्षिकोत्सवको अवसरमा उदपुर शाखाले खेलकुद देखी स्वास्थ्य सम्मका कार्यक्रमहरुलाई अघि सारेका थिए । शाखाले बार्षिकोत्सवको अवसरमा क्यारमबोर्ड, फुटसल, म्युजिकल चियर, घैला फुटाउने र रक्तदान जस्ता महत्वपूर्ण कार्यक्रमको आयोजना गरेका थिए ।
यो सँगै कार्यालयले प्राधिकरणको बिषयमा कलम चलाउने दुई पत्रकारहरुलाई समेत सम्मान गरेको छ । हिमपात दैनिकका संञ्चालक बुद्धि चाम्लीङ र पूर्णपुष्टिमा कार्यरत बिक्रम राईलाई सम्मान पत्र सहित सम्मान गरेको हो । प्राधिकरणको सकरात्मक वा नकरात्क कार्यप्रति खवरदारी र सचेत गराउने हिसावले कलम चलाएको भन्दै सम्मान गरिएको हो । यो सँगै रक्तदानमा सहभागी २४ जना व्यक्तिहरुलाई पनि प्रशंसा पत्रले सम्मान गरेको छ ।
रक्तदान जिवन दान भन्दै संञ्चालन गरिएको स्वास्थय सम्बन्धी कार्यक्रममा प्राधिकरणकै कर्मचारी लगायत अन्य व्यक्तिहरुको उत्साहित सहभागी थिए । नेपाल रेडक्रस सोसाईटी उदयपुरको प्राविधिक सहयोग र प्राधिकरणको सहयोगमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएका प्राधिकरणका कर्मचारी मधुकर थापाले जनाए । थापाका अनुसार कार्यक्रमले प्राधिकरणको क्रियाकलापमा थप सहयोग पुगेको जनाए । उदयपुर वितरण केन्द्रका कार्यालय प्रमुख बिजयबाबु खत्रीले सिमित स्रोत साधन, पुरानै संरचना र सिमित शक्तिका बिच पनि प्राधिकरणले ग्राहकहरुलाई सेवा दिन लागि परिरहेको जनाए ।
खत्रीले एक बर्षमा उदयपुरमा २१ प्रतिशतले ग्राहक बृद्धि भएको समेत जनाएको छ । गत बर्ष सम्म ६० हजार ६३ जना ग्राहक रहेकोमा यो बर्षको असार मसान्त सम्म १२ हजार ९२३ ले बृद्धि भई ७२ हजार ९ सय ८६ जना ग्राहक पुगेको उनले सुनाए । गत बर्ष मात्रै प्राधिकरणले २११४ जना ग्राहकहरुको लाईन काटेका थिए । उक्त ग्राहकबाट प्राधिकरणले १ करोड ७५ लाख ३० हजार बक्यौता असुलेका थिए । त्यस मध्ये फेरी २०११ ग्राहकले लाईन जोडुयो, त्यस बाट १ करोड ७८ लाख ३ हजार प्राधिकरणले महसुल उठाएक थिए ।
खत्रीले प्राधिकरणको ३९ औँ बार्षिकोत्सवको अवसर पारी उक्त कुरा बताएका हुन । प्राधिकरणले बार्षिकोत्सवमा गरेका बिभिन्न कार्यक्रमहरुको समिक्षा तथा प्रशंसा पत्र वितरण कार्यक्रममा उनले यो डाटा पेश गरेको हो । खत्रीका अनुसार जिल्लाको गाउँ गाउँ बत्ति पुगिसेको जनाए । हाल ९५ प्रतिशत भन्दा बढी स्थानहरुमा बत्तिको पहँुच भैसकेको खत्रीको भनाई छ । आगामी बर्ष उदयपुरका सबै भुभागहरुमा सत प्रतिशत विद्युतको पहुँचमा पुग्ने कार्यालयको उदेश्य र अपेक्षा छ ।