Wednesday, August 5News That Matters

आगोबाट जली ५ वर्षीय बालकको मृत्यु

पूर्णपुष्टि, कार्तिक २४ गते ।
भोजपुरको हतुवागढी गाउँपालिका–५ स्थितमा आगोलागी हुँदा ५ वर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी–५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई आगलागी हँदा आयुष राईको मृत्यु भएको हो ।
बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो । आगलागिबाट राईको ३० वर्षीय  श्रीमती आशाराई र ५ वर्षीय छोरा जली घाईते भएकोमा स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार पश्चात दुबैलाई थप उपचारको लागि घोपा धरान लैजादैँ गर्दा आयुषको बाटोमा नै मृत्यु भएको हो ।
उक्त आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।