आगोमा जलेर एकै घरका २ बालिकाको मृत्यु

पूर्णपुष्टि, पुष १
सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकाको ज्यान गएको छ, एक जना घाईते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको ज्यान गएको हो । आगलागीमा जलेर उनका दुई छोरी ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै ज्यान गएको थियो ।
आगलागीमा जलेकी उनकै पाँच वर्षीया छोरी सुधा कुमारी स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भई घर फर्केको प्रहरीले जनाएको छ ।
यस्तै, सर्लाहीकै मलंगवा नगरपालिका–६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको आगो ताप्ने क्रममा जलेर ज्यान गएको छ । आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो । त्यसपछि नालीमा खसेर छटपटाइरहेको अवस्थामा प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: