
पूर्णपुष्टि, साउन २६
गतराति वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेका र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
अहिले देशैभर हल्का वर्षा भैरहेको छ । मौसम पूर्णतया बदली भएसँगै देशैभर हल्का पानी परेको हो । आज दिउँसो पनि हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
अव लगातार झरी पर्ने संभावना नरहेको महाशाखाले जनाएको छ । आज राति पनि केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाईएको छ ।
