Sunday, March 16News That Matters

आजदेखी उदयपुरमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुँदै

पूर्णपुष्टि, जेठ ६ । उदयपुरमा आजदेखी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता-२०८१ हुँदैछ । गाईघाटस्थित थारुहट रंगशालामा आजदेखी ‘ए’ डिभिजन लिग सुरु हुने भएको हो ।

उदयपुर जिल्ला फुटबल संघले आयोजना गरेको लिगमा ८ टिमको सहभागिता रहेको छ । उक्त ८ टिमलाई ‘क’ र ‘ख’ गरी दुई समुहमा विभाजन गरिएको छ । समुह ‘क’ मा फुटबल क्लब बगाहा, साथि समुह, बेल्टार एकता युवा क्लब र गाईघाट फुटबल क्बल रहेको छ भने समुह ‘ख’ मा आदर्श युवा क्लब, फ्युजन फुटबल क्लब बोक्से, लालिगुराँस नव युवा क्लब र नव प्रभात नेपाल रहेको छ । आज हुने लिगको खेल बिहान ८ बजे फुटबल क्लब बगाहा र साथि समुहबिच हुनेछ । आजदेखी सुरु भएको प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।