
पूर्णपुष्टि, असार ३
आजबाट देशभर मतदाता नामवली परिचय पत्र बनाउने काम सुरु भएको छ । भर्खरै स्थानीय तहको चुनाव सकिए सँगै प्रदेश र संघको चुनाव आउन लागेको अवस्था छ । स्थानीय चुनावमा छुट्ेको मतदाताहरुका लागि निर्वाचन आयोगले सो अवसर दिएको छ । उदयपुरमा पनि यसको कार्य धमाधम भैरहेको अवस्था छ । छुटेका र बिभिन्न त्रुटीहरु सच्याउने कामलाई ध्यान राख्दै जिल्ला निर्वाचन कार्यालय उदयपुरले सो काम अघी बढाएको छ ।
