Tuesday, June 9News That Matters

आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन सुरु

पूर्णपुष्टि, चैत २ । आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजनको प्रसारण हुने भएको छ । हाँस्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।

तेस्रो सिजनको शोको पहिलो अतिथि अभिनेता प्रदिप खड्का रहेका छन् भने शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् । त्यस्तै निर्देशकमा दिनेश डिसी रहेका छन् ।

शो छायांकनको एक तस्विर जितु नेपालले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । केहीदिनअघि आज प्रसारण हुने एपिसोडको ट्रेलर सार्वजनिक गरिएको थियो । त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा छन् ।