Thursday, June 18News That Matters

आजै मुख्यमन्त्री बनेका एमाले नेता भिम आचार्यका भाई मृत फेला

पूर्णपुष्टि, भदौ १०

आज मात्रै मुख्यमन्त्री बनेका एमाले नेता भिम आचार्यको भाई राम आचार्य मृत फेला परेको छ । भिम आचार्य आज मात्रै १ नं प्रदेशका मुख्यमन्त्री नियुक्ती भएका छन् । आचार्यका भाई राम आचार्य इनरुवा ३  आफ्नै घरमा मृत फेला परेको स्रोतले जानकारी दिएको छ । इनरुवामा रहेको घरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरीले मुचुल्का उठाइरहेको छ । मानसिक समस्याले पीडित आचार्य घरमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट आचार्यको शरीरमा चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । घटना माथी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।