Saturday, June 27News That Matters

आज कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २८ गते । 

आज कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ८ पुगेको हो ।

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या २९ पुगको छ भने ३ जनाको मृत्यु भईसकेको छ ।