
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०० नजिक
पूर्णपुष्टि, जेठ २८ गते ।
आज १ न. प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै १ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय नजिक पुगेको हो ।
बुधबार थपिएका कोरोना संक्रमितहरु मोरङमा ८ जना, झापामा ५ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मोरङका संक्रमित रतुवामाई नगरपालिकाको सौठा र इटहरा क्वारेन्टाइनमा बसिरहेकाहरु हुन् । झापाको मेचिनगर नगरपालिकामा १ जना, कनकाई नगरपालिकामा ३ जना र गौरादह नगरपालिकामा १ जना संक्रमण देखिएको छ हो । गौरादहका संक्रमित महिला हुन् । त्यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरुको विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाईएको छ ।
१ न. प्रदेशमा उपचारपछि निको हुनेको संख्या १ सय २५ पुगेको छ ।
