
पूर्णपुष्टि, जेठ २८ गते ।
नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
आज थपिएका नयाँ संक्रमित मध्ये २ सय ५७ जना पुरुष र २२ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४ हजार ५५ पुरूष र ३ सय ९ जना महिला रहेको जनाईइएको छ ।
त्यस्तै आज थप ९० कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ६ सय ७४ पुगेको छ ।
