
पूर्णपुष्टि, जेठ २८ गते ।
स्याङ्जाका ३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
जिल्ला अस्पतालको आइसोलेसनमा रहेका ६ जनामध्ये ३ जना कोरोना संक्रमितको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
वालिङ नगरपालिकाका २१ वर्षका पुरुष र गल्याङ् नगरपालिकाका २७ र ४० वर्षका पुरुष डिस्चार्ज भएको जनाईएको छ ।
